५ कार्तिक २०८३, बुधबार

 

गरिमा आवासीय माविको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ । संस्थागत विद्यालय मध्य साविक धौलागिरिको पहिलो विद्यालयको रुपमा स्थापना भएको गरिमा (डिग्निटी) आवासीय माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा अभिभावक अजन्ता भण्डारी, गरिमा (डिग्निटी) आवासीय माध्यमिक विद्यालयका कोषाध्यक्ष केदारनाथ पौडेल र कक्षा १० की छात्रा सुविना खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल तेजेन्द्र कुँवरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा शिक्षक जमुना शर्मा, कर्मचारी चालक बुद्धि प्रसाद प्रधान र वर्षको उत्कृष्ट विद्यार्थी कक्षा ८ की जस्मीन छन्त्याललाई सम्मान गरिएको थियो ।

कार्यक्रम गरिमा (डिग्निटी) आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन आचार्यको अध्यक्षता, शिक्षक बलराम केसीको स्वागत र शिक्षकहरु जमुना खत्री र यरलिङ थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस विद्यालयमा सृजनात्मक र प्रयोगात्मक ढंगले पढाई हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung