बागलुङ । शुभलाभ एकेडेमीको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सांस्कृतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
साथै यस विद्यालयले आयोजना गरेको कबड्डी प्रतियोगितामा प्रथम हुने न्यू एभेरष्ट एकेडेकी र द्धितीय हुने शुभलाभ एकेडेमीका विद्यार्थीहरुलाई पुरकार वितरण गरिएको थियो ।
कार्यक्रम शुभलाभ एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष मिलनबहादुर केसीको अध्यक्षता, प्रिन्सिपल काशिराम कँडेलको स्वागत र शिक्षकहरु अमृत परियार र सरिता सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस विद्यालयमा सृजनात्मक र प्रयोगात्मक ढंगले पढाई हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।





































































































































































































