२२ जेष्ठ २०८३, शुक्रबार

 

राप्रपाका कल्याण विक्रम आचार्यको दमेकबाट घरदैलो सुरु (तस्वीरहरू)

बागलुङ । राप्रपाका उम्मेदवार कल्याण विक्रम आचार्यले जैमिनी नगरपालिका-२ दमेक गाउँका मतदातालाई भेटेर घरदैलो अभियान सुरु गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–१ बाट उम्मेदवारी दिएका आचार्यले जैमिनी नगरपालिका-२ दमेकका साथै बागलुङ नगरपालिका-३ को गुठी, बुद्ध चोक, लालिगुराँस चोक, मूलपानी, गहतेका सर्वसाधारण नागरिकको घरबाट घरदैलो अभियान अगाडि बढाएका छन् ।

आचार्यसहितको निर्वाचन परिचालन समितिका सदस्यहरुले गाउँ शहरका युवा, किसान, महिला, उद्योगी, व्यवसायी, मजदुर, जेष्ठ नागरिक, विद्यार्थीसँग छलफल गर्नुका साथै जनताको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यसपटकको निर्वाचनमा होमिएको बताउनुभयो ।

भोलि बागलुङ नगरपालिका ४, ५, ६ वडाका मतदातासँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रम रहेको राप्रपा बागलुङका पूर्वअध्यक्ष सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँले गाउँ शहरमा घरदैलो गरेर, कार्यकर्ता र समर्थकसँग भेटघाट गरेर जनताको स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि, सिचाई, घरेलु उद्योग, पशुपालनको बारेमा जिज्ञासा राख्नुका साथै दिगो विकास, रोजगारी, आधारभूत आवश्यकता र जनताका समस्याका बारेमा गहिरो गरी संवाद र विमर्श गरेका थिए ।

निर्वाचन समितिका सदस्यहरुसहितको टोलिले  बागलुङ नगरपालिकास्थित पार्टीका नेता, पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको राप्रपा बागलुङका उपाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले नयाँ विश्वलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung