२० जेष्ठ २०८३, बुधबार

 

एउटै मञ्चबाट प्रचण्ड र मोहन विक्रमले भने-यो राजनैतिक एकताको सन्देश हो

बागलुङ । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहन विक्रमले सम्बोधन गर्नुभएको छ ।

नेपालको कम्युनिष्ट राजनैतिक मंचमा देखिने बिरलै दृश्य बागलुङमा प्रचण्ड र मोहन बिक्रम एउटै मञ्चमा एउटै उदेश्यका साथ देखिएका छन् । प्रचण्डले मोहन बिक्रमसँगको राजनैतिक मञ्च बिरलै रहने र ऐतिहासिक भएको बताएका छन् ।

प्रचण्डले बागलुङमा आएर गिलास चिन्हमा भोट माग्दै राजमोका कृष्ण अधिकारीलाई जिताउन आग्रह गरे । प्रचण्डले यो चुनावी एकता मात्रै नभएर राष्ट्रिय रुपमा कम्युनिष्ट एकताको सकरात्मक सन्देश भएको बताएका छन् ।

जेन्जी आन्दोलन पवित्र उदेश्य लिएर गरिएको भएपनि २४ गतेको आन्दोलन विदेशी तत्वबाट हाइज्याक भएको प्रचण्डले बताउनुभयो । प्रचण्डले ढिलो चाढो नेपालका कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेको बताउनुभयो ।

जेन्जी आन्दोलनका कारण मुलुक निर्वाचनमा गएको बताउदै प्रचण्डले निर्वाचनको समय तालिकामा शंका नगर्न आग्रह गरे । ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, निर्वाचन नजिकिदै गर्दा नेपाली कम्युनिष्ट पार्टीमा जनलहर सृजना भइरहेको छ’ प्रचण्डले भने ‘निर्वाचनको परिणाम जनताले चाहेजस्तो हुन्छ, प्रतिकृयावादीले चाहे जस्तो हुन नेपाली जनताले दिदैनन् ।’

राजनैतिक संकट टार्न निर्वाचनमा गएको मोहन बिक्रमले जनाए ।

युवाहरुको आन्दोलन पवित्र भएपनि आन्दोलनमा घुसपैठ भएको बताए । नेपाललाई अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको जनाउदै मोहन बिक्रमले नेपालको भविश्य जोगाउन कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताए । राष्ट्रियताको रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको सिंहको भनाई छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आधार इलाकाको रुपमा रहेको बागलुङ क्षेत्र नम्बर १ मा नेकपाले जनमार्चाका कृष्ण प्रसाद शर्मा अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे अनिल लाई सघाएको छ ।

राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बागलुङ क्षेत्र नंम्बर १ का साझा वाम उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीको निर्वाचन प्रतिवद्धतापत्र प्रचण्ड र मोहन विक्रम सिंहलेसँगै सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बागलुङ क्षेत्र नंम्बर १ का नेकपा र राजमोको साझा वाम उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीले आफनो निर्वाचन प्रतिवद्धतापत्रको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ को अध्यक्षता र राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung