५ कार्तिक २०८३, बुधबार

 

बागलुङ समाजका पदाधिकारीलाई विद्यामन्दिर माविद्वारा स्वागत

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पदाधिकारीहरुलाई विद्यामन्दिर माध्यमिक विद्यालयमा बुधबार स्वागत गरिएको छ ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठ, समाजका कोषाध्यक्ष जिद्धिराज श्रेष्ठ, धौलागिरि बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वशिक्षक शत्रुध्न श्रेष्ठ, हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति कोषका संरक्षकहरु बलराम श्रेष्ठ, श्याम श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, कलाकार मनमोहन श्रेष्ठ, साहित्यकार प्रेम छोटा, समाजसेवी इन्द्र राज श्रेष्ठ, सत्य साई केन्द्र बागलुङका अध्यक्ष विजयश्याम श्रेष्ठ, नयाँ विश्वका अध्यक्ष माधव शर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेललाई विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले विद्यालयमा स्वागत गर्नुभएको छ ।

विद्यालयले भौतिक पूर्वाधर र शैक्षिक सुधारलाई उच्च प्राथमिकता दिएर अगाडि बढाइरहेको विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी दिनुहुँदै आगामी भौतिक सुधार र शैक्षिक रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठ, पूर्वअध्यक्ष शत्रुध्न श्रेष्ठ, हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति कोषका संरक्षक बलराम श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता र शिक्षक भिमप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

शिक्षासेवी ओमप्रसाद गौचन र मेघ कुमार वैद्यले विसं १९९७ सालमा विद्यामन्दिर माध्यमिक विद्यालय (घरेलु उद्योग विद्यामन्दिर) स्थापना भएको गर्नु भएको थियो । सुरुमा यो विद्यालय १९९५ सालमा राधाकृष्ण मन्दिरको पौवामा सञ्चालनमा आएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung