बागलुङ। बागलुङमा बागलुङ नगरपालिका-१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा विद्यार्थीहरु घाइते भएका छन् ।
बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको भ्यान दुर्घटना भएको हो ।
बागलुङ बजारबाट मध्यपाहाडि राजर्माग तर्फ जाँदै गरेको स्कुलको ग ३ च ८६२१ नं को भ्यान दुर्घटनामा परेको हो ।
अस्पतालमा उपचारको लागि ईमरजेन्सी वार्डमा भर्ना भएका २४ जना विद्यार्थीमध्ये ४ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

















































































































































































