४ श्रावण २०८३, सोमबार

 

न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटना : २४ घाइते, ४ जनाको अवस्था गम्भीर

बागलुङ । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कूल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जादै
दुर्घटना भएको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनमा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये चारको अवस्था गम्भिर रहेको भारतीले जानकारी दिनुभयो ।

घाइतेको उद्दार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

तस्बिर: विजय राना

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung