बागलुङ । बागलुङको बागलुङ नगरपालिका-३ मा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा गम्भीर घाइते भएका दुई जना विद्यार्थीहरुलाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।
दुर्घटनामा घाइते भएका दुई जना विद्याथीहरुलाई उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
बागलुङमा बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जादै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनमा २४ जना विद्यार्थीहरु घाइते भएका थिए । अन्य घाइतेको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।













































































































































































































