४ श्रावण २०८३, सोमबार

 

विद्यार्थी भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो (नामसहित)

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् । दुर्घटनमा २५ घाइते मध्ये ६ जनालाई पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम वोहोरा, उमंग किसान, सुमित गैरे, अनिस वोहोरा, अनन्या किसान, रोशनी वोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीर वहादुर थापा मगर, आयना वोहोरा, सारिका वोहोराको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइते आयुष वोहोरा, आयान वोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

बागलुङमा बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जादै गर्दादुर्घटना भएको हो । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

तस्बिर : विजय राना

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung