बागलुङ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धले तीन दशक पुरा गरेको छ ।
शुक्रबार नेपाली कम्युनिष्ट पार्टी बागलुङले निसीखोला गाउँपालिका ४ झिवाखोलाको शहिद स्तम्भमा ३१औँ जनयुद्ध दिवस मनाएको छ ।
कार्यक्रम बागलुङ क्षेत्र नं १ का नेकपा र राजमोको साझा उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजिव घिमिर, नेकपाकी गण्डकी प्रदेशकी सचेतक कुशुम बुढा मगरले जनयुद्धमा देश र परिवर्तनका लागि बलिदान दिने शहिद, घाइते र वेपत्ता कमरेडहरुको योगदान माथि चर्चा गर्नु भएको थियो ।
कार्यक्रम निसीखोला गाउँपालिका-४ का वडा अध्यक्ष खिमविक्रम शाहीको संचालनमा भएको थियो । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउँदै आएको छ ।\








































































































































































































