१९ जेष्ठ २०८३, मंगलवार

 

बागलुङमा मनाइयो ३१औँ जनयुद्ध दिवस

बागलुङ । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धले तीन दशक पुरा गरेको छ । शुक्रबार  बागलुङ नगरपालिका-२ स्थित नेपाली कम्युनिष्ट पार्टी  बागलुङको कार्यालयमा ३१औँ जनयुद्ध दिवस मनाएको छ ।

कार्यक्रम बागलुङका नेकपा समानुपातिक उम्मेदवार बलावती शर्मा र नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले जनयुद्धमा देश र परिवर्तनका लागि बलिदान दिने शहिद, घाइते र वेपत्ता कमरेडहरुको योगदान माथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा शहिद परिवारका सदस्य धनकाजि विक, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण सापकोटा, ज्ञानु थापा, प्रदेश सदस्यहरु माधव शर्मा, लालबहादुर परियार, नेकपा काठेखोला गाउँसमितिका ईन्चार्ज गगनबहादुर पुन मगर, बागलुङ नगरका ईन्चार्ज कुमार विक्रम क्षेत्री, नगर उपाध्यक्ष धनमाया शर्मा, सहसचिव जिवन शर्मा, नगरको पूर्वकोषाध्यक्ष बसन्त मल्ल, नेकपा बानपा-४ का वडा अध्यक्ष यामलाल शर्मा, प्रेस सेन्टर बागलुङका संस्थापक अध्यक्ष बद्री शर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung