२२ जेष्ठ २०८३, शुक्रबार

 

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सञ्चालनमा आयो अधिकारीको सम्पर्क कार्यालय

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा बुधबार नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण शर्मा अधिकारीको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

उम्मेदवार अधिकारीले बागलुङ नगरपालिका–४ का सबै मतदाताको घरसम्म प्रचार अभियान र मतदाता शिक्षा पु-याउनु पर्ने  बताउनुभयो ।

कार्यक्रमा बागलुङ नगरपालिका–४ का नेकपाका पार्टी अध्यक्ष यामलाल आचार्य र बागलुङ नगर समितीका अध्यक्ष निर्मल बहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung