२२ जेष्ठ २०८३, शुक्रबार

 

तीन दिनसम्म विविध कार्यक्रम गरी बागलुङमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

बागलुङ । बागलुङमा तीन दिवसीय कार्यक्रमसहित राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ र गण्डकी प्रदेश सभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द नेपालीले प्रजातन्त्र दिवसको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति बालुङका प्रमुख अमर थापाको अध्यक्षता, बागलुङका प्रमुख जिल्ला अधिकारीमा कृष्णप्रसाद आचार्यको स्वागत र बागलुङ नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

आजै प्रजातन्त्र दिवसको अवसरमा कालिका भगवती मन्दिरको गेटदेखि शहिद पार्कसम्म सरसफाई गरिएको थियो ।

साथै शुक्रबार नेपाल रेडक्रस सोसाइटीको रक्तदान केन्द्रमा १५ जनाले रक्तदान गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

तस्बिर:नारायण रिजाल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung