बागलुङ । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको निर्वाचन लक्षित जनभेटघाट कार्यक्रम आज रिघामा सम्मपन्न भएको छ ।
कार्यक्रममालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बागलुङ क्षेत्र नं २ का साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे अनिलले देशमा राजतितिक परिवर्तनसँगै जनताको जीवनस्तरमा परिवर्तन गर्नको लागि आफु उम्मेदवारी रहेको बताउनु भयो ।
गैरेले संघीयता गणतन्त्र धर्म निरेपक्षेता समानुपातिक समावेशी सामाजिक न्याय, सुशासन र समृद्धिको ऐतिहासिक अभिारा पूरा गर्ने संकल्पका साथ जनताबिच आएकोले जनताको साथ र मत पाउनेमा ढुक्क भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केँद्रीय सदस्य राजिव घिमिरे, राष्ट्रिय जनमोचाका जिल्ला सचिव भिमलाल पोखरेल, समानुपातिक उम्मदवार क्यूमाया पुन लगायतले मन्तव्य राख्नु भएको ।
थियो कार्यक्रम संयुक्त निर्वाचन परिचालन समिति गलकोट नगरपालिका वडा नं। ११ का सहसंयोजक भक्तिराम पुनको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका रन बहादुर थापाको स्वागत र नेपाली कम्युनिष्ट पार्टीका गलकोट नगर अध्यक्ष गंगा बहादुर भूजेलको सञ्चालनमा सम्पन्न धएको थियो ।
यसै गरी साझा वाम उम्मेदवार गैरेलाई जिताउन गलकोट नगरपालिका वडा नं। २ राम्चेमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश सचिवालय सदस्य चन्द्रदत्त रेग्मी ,संयुक्त निर्वाचन परिचालन समिति गलकोट नगरपालिका वडा नं २ का संयोजक गंगा बहादुर कुवर, वाइसियल गलकोटका अध्यक्ष तिलक पुन, अखिल क्रान्तिकारीका विरेन्द्र कार्की ले सहजीकरण गर्नु भएको थियो ।
यसैगरी गलकोट नगरपालिका वडा नंं ६ नौविसे टोलमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश सदस्य अर्जन चोखालले विकास र सुशासनका लागि ज्ञामनाथ गैरे अनिललाई जिताउनु हामी सबैको कर्तव्य भएको बताए ।
उक्त अवसरमा हर्क पाण्डेले स्थनीय उम्मेदवारलाई जिताउनको लागै सबै दल भन्दा माथि उठेर सोच्नु पर्ने वताए । घरदैलो अभियान वडा नं ७ मल्म र वडा नं ३ को तल्लो लमाइमा सञ्चालन भएको नेपाली कम्युनिष्ट पार्टीका गलकोट नगर कौशिला घर्तीले बताउनु भयो ।







































































































































































































