बागलुङ । संयुक्त वाम गठबन्धनका साझा उम्मेदवार कृष्ण अधिकारीले राष्ट्रियताको रक्षाको लागि आफुहरुलाई गिलास चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
बिहीबार बागलुङको बागलुङ नगरपालिकाको मुलपानी, तित्याङको डि डाँडा, भकुण्डेको निफन्ने, काभ्रे, राँयडाँडाको कलावारी, भिर कटेरी, आफ्रे, तल्लोथर र सिम्ले लगायतमा घरदैलो गर्दै जनभेट गरेका हुन् ।
भोली शुक्रबार जैमिनी नगरपालिकाको उपल्लो दमेक, तल्लो दमेकं र पैंयु थन्थाप लगायतमा घरदैलो तथा जनभेटघाट कार्यक्रम रहेको छ ।
बागलुङ निर्वाचन क्षेत्र नं १ मा अधिकारी साझा वामको तर्फबाट गिलास चुनाव चिन्हबाट निर्वाचन लड्दैछन् ।
ईपरी न्युजबाट







































































































































































































