बागलुङ । रोटरी क्लब अफ बागलुङको पहलमा तितौरे माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
रोटरी क्लब अफ बागलुङ, रोटरी क्लब अफ पोखरा फिस्टेल, आइसिओ फाउण्डेसन, पार्टनर्स अफ पोसिबिलिति, इदु टेक नेपाल र रोटरी डिस्ट्रिक ३२९२ को संयुक्त सहकार्यमा बागलुङ नगरपालिका–७ स्थित तितौरे माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
विद्यार्थीलाई वैज्ञानिक प्रविधिसँग जोड्ने तथा विद्यार्थीहरूमा सूचना प्रविधिको सीप विकास गर्नका लागि कम्प्युटर ल्याब स्थापना गरिएको र विद्यालयलाई १२ वटा कम्प्युटर हस्तान्तरण गरिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा डिष्ट्रिक गर्भनर विनोद कोइराला, विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर काकीै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर कार्कीले कम्प्युटर ल्याबको स्थापनाले विद्यार्थीको सूचना प्रविधिमा पहुँच पुर्याउन र डिजिटल सीप विकासमा सहयोग पुग्ने विश्वास गरेका छन्।
कार्यक्रम रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष कमला गिरीको अध्यक्षता, रोटरी क्लब अफ बागलुङका निर्वतमान अध्यक्ष रामकृष्ण शर्माको स्वागत मन्तव्य र रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































