बागलुङ । पूर्वमन्त्री, राप्रपाका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार भिमप्रसाद गौचन र राप्रपाका मुस्ताङका प्रत्यक्ष तर्फका उम्मेदवार कमला लालचनले थासाङ गाउँपालिका-३ लेते बजारबाट घरदैलो अभियान सुरु गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका २ को मार्फा गाउँबाट घरदैलो अभियान सुरु गरेका छन् ।
गौचनसहितको निर्वाचन परिचालन समितिका सदस्यहरुले मुस्ताङको घरपझोङ गाउँपालिका-२ को मार्फा गाउँका युवा, किसान, उद्योगी, व्यवसायी, मजदुर, जेष्ठ नागरिक, विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गर्नुका साथै जनताको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यसपटकको निर्वाचनमा होमिएको बताउनुभयो ।
गौचनले भोलि मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङका स्थानीय मतदाता, पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरुसँग भेटघाट कार्यक्रम रहेको राप्रपाका केन्द्रीय सदस्य देवी प्रसाद कँडेलले जानकारी दिनुभयो ।
गौचनले गाउँ शहरमा घरदैलो गरेर, कार्यकर्ता र समर्थकसँग भेटघाट गरेर जनताको स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि, सिचाई, घरेलु उद्योग, पशुपालनको बारेमा जिज्ञासा राख्नुका साथै दिगो विकास, रोजगारी, आधारभूत आवश्यकता र जनताका समस्याका साथै राष्ट्रियता, हिन्दु राजा र संम्वैधानिक राजतन्त्रको आवश्यकताको बारेमा गहिरो गरी संवाद र विमर्श गरेका थिए ।
निर्वाचन समितिका सदस्यहरुसहितको टोलिले मुस्ताङका बाँकी सबै पालिकाका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र सर्वसाधारण जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको राप्रपा मुस्ताङका अध्यक्ष जेम्स हिराचनले नयाँ विश्वलाई बताउनुभयो ।










































































































































































































