२१ जेष्ठ २०८३, बिहीबार

 

एमाले उम्मेदवार हिरा केसीको प्रतिबद्धतापत्र : उद्यमशीलता, रोजगारी र सडकलाई उच्च प्राथमिकता

बागलुङ । नेकपा एमालेका बागलुङ क्षेत्र नंम्बर १ का उम्मेदवार हिराबहादुर केसीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।

आज सार्वजनिक गर्नु भएको चुनावी प्रतिबद्धतापत्रमा बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाइने बताएका छन् ।

बागलुङ निर्वाचन क्षेत्र न। १का उम्मेदवार केसीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै ‘बागलुङ नगरपालिका–१मा रहेको बाङ्गेचौर मैदानमा अत्याधुनिक तथा व्यवस्थित खेलकुद तथा रङ्गशालाको निर्माण गरिने’ उल्लेख गरेका छन् ।

मुख्य गरि ७ बुँदामा रहेको प्रतिबद्धता पत्रको ३ मा युवाको श्रम र सीप स्वदेशमै प्रयोग हुने वातावरण निर्माण गरिने उल्लेख गरिएको छ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा नव युवा पुस्ताले उठाएका मागहरुको मर्म र भावनालाई आत्मसाथ गर्दै उनीहरुसँग थप अन्तरक्रिया गरि माग सम्बोधन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै बागलुङ नगर भित्र कबर्ड हल निर्माण गर्ने, युवाहरुलाई उद्यमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न युवाहरुको नेतृत्वमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

माध्यामिक तहका विद्यालयहरुमा खेलकुदलाई अनिवार्य विषयको रुपमा पाठ्यक्रममा समेटी प्रत्येक माध्यामिक विद्यालयमा एउटा खेलकुद प्रशिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

बुँदा न १को पूर्वाधार विकास अन्तरगत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई जोड्ने गरि निर्माणाधीन चक्रपथलाई विशेष प्रथामिकतामा राखेर कालोपत्रे गरिने उल्लेख गरिएको छ ।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति गर्न विशेष जोड दिइने उल्लेख गरिएको छ । त्यस्तै बागलुङ नगरपालिका भित्र १ हजार जनासम्म अटाउन सक्ने क्षमताको सुविधासम्पन्न सिटी हल निर्माण गरिने उल्लेख गरिएको छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगार तर्फ धवलागिरी बहुमुखी क्याम्पसलाई नयाँ र प्राविधिक विषय पढाई हुने गरि विश्व विद्यालयमा परिणत गर्ने, सम्बन्धन प्राप्त अन्य क्याम्पसको स्तरोन्नति गर्ने र हरेक पालिकामा कम्तीमा एक–एक वटा

सुविधासम्पन्न स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गर्ने उल्लेख गरिएको छ । धौलागिरि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।

पर्यटन तर्फ बागलुङ नगरपालिका वडा न। ५ मालिका लगायतका स्थानहरुमा मिनी जू निर्माण गरिने उलेख गरिएको छ । भकुण्डेलाई विशेष पर्यटकीय स्थलको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।

कृषि तथा सहकारी तर्फ कृषिजन्य उत्पादनको वृद्धिकालागि कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिइने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

गरिब तथा विपन्न जनताकोलागि सस्तो व्याजदरमा ऋण प्रवाहको नीतिगत व्यवस्था गर्दै गरिब एवं विपन्न जनताको घरदैलोसम्म बैङ्क, सहकारी एवं वित्तीय संस्थाको पहुँच पुर्याउन विशेष जोड दिइने उल्लेख गरिएको छ ।

सुशासन तथा पारदर्शिता अन्तरगत नगरपालिका तथा गाउँपालिकाहरुको सेवा प्रणालीलाई पूर्ण रुपमा पारदर्शी बनाइने उल्लेख गरिएको छ । त्यस्तै भ्रष्टार विरुद्ध सामाजिक सचेतना, भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको मान्यता र अमनचयनको वातावरण सिर्जना गरिने उल्लेख गरिएको छ ।

ईपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung