बागलुङ । काठेखोला गाउँपालिका–७ रेश स्थित जनकल्याण आधारभूत विद्यालयको ४९ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
मुलसमारोहको उद्घाटन गर्दै प्रमुख अतिथि काठखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले विद्यालयले चिया खेती, चियाका विरुवा उत्पादन गरेर अन्य विद्यालयलाई समेत व्यवहारिक शिक्षाको उदाहरण दिएको बताउनुभयो ।
विद्यालयको जग्गामा उत्पादन भएको चियाखेतिले व्यबहारिक शिक्षालाई बढवा दिएको बताउनुभयो ।
कार्यक्रममा रेश नुन्थला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापा, विभिन्न विद्यालयका प्रतिनिधि, जनप्रतिनिधि, अक्षयकोष दाता तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक निरमाया शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक भैरोलाल महतोले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालयको शैक्षिक विकास, गुणस्तरीय शिक्षा र समुदायको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा रेश नुन्थला माविका प्रधानध्यापक ओम बहादुर थापा, ओदानडाँडा प्राविका प्रधानध्यापक प्रजापति गौतम, जनप्रतिनिधि डम्बरबहादुर थापा,अक्षयकोष दाताहरूको प्रतिनिधित्व गर्दै विष्णु प्रसाद गौतमका छोरा ध्रुब गौतम लगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा विभिन्न अक्षयकोष दाता, सहयोगी तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, सहयोगी तथा जनकल्याण स्काउटका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका पूर्वशिक्षक तथा समाजसेवी विष्णु प्रसाद गौतमको स्मृतिमा ‘जनकल्याण विष्णु स्मृति कोष घोषण गरिएको छ । १० लाखको कोष बनाउले लक्ष्य राखिएकोमा वडा अध्यक्ष लामिछानेले रु. २० हजार ५५५ नगद प्रदान गर्नुभएको थियो ।













































































































































































































