४ श्रावण २०८३, सोमबार

 

गलकोट समाज जापानद्वारा ताराखोलाका पाँच विद्यालयमा अक्षयकोष स्थापना

बाग्लुङ ।गलकोट समाज जापानले ताराखोला गाउँपालिकाका पाँच वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेका छन् ।

ताराखोला गाउँपालिका हरि माध्यमिक विद्यालय, अर्गल माध्यमिक विद्यालय, जनप्रेम माध्यमिक विद्यालय, दुर्गा भवानी माध्यमिक विद्यालय र प्रजातन्त्र विकास माध्यमिक विद्यालयमा ५ लाखका दरले अक्षयकोष स्थापना गरिएको हो ।

गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले गलकोट र ताराखोला पालिकागत रुपमा छुट्टै रहेता पनि भौगोलिक, जातिगत हिसाबले एउटै रहेको बताउँदै आगामी दिनहरूमा पनि दुई पालिकाहरूका विद्यालयलाई विशेष रुपमा सहयोग गर्ने बताए ।

पाँच वटा विद्यालमा ५ लाखका दरले रकम हस्तान्तरण गरिएको हरि मावि हिलका प्रधानाध्यापक हरि पौडेलले जानकारी दिनुभयो ।

समाजले गलकोट र ताराखोलाका १९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा अक्षयकोष स्थापना गर्ने लक्ष्य अनुसार यो अभियान अगाडि बढाएको हो ।

शिक्षाका क्षेत्रमा मात्रै नभई विगतदेखि नै भूकम्प पीडित, बाढि पीडित र जनस्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूमा समाजले सक्रिय रुपमा सहयोग गर्दै आईरहेको समाजका अध्यक्ष बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung