४ श्रावण २०८३, सोमबार

 

रामकृष्ण शर्माले दिए बागलुङ नगर पार्टी अध्यक्षबाट राजीनामा

बागलुङ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनले नगर कमिटिका उपाध्यक्षलाई सम्वोधन गरेर सोमबार औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् ।

गत फागुण २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नंम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको, बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई उत्साहित पनि बनाउन नसकिएको र आम मतदाताको माग बुझन्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजिनामा दिएको पत्रमा उल्लेख छ ।

निर्वाचनको नतिजाले गम्भीर बनाएको छ, अब पार्टीका सबै तहका नेतृत्वले यस विषयमा जिम्मेवार भएर आत्मसमीक्षा गर्दै पार्टीैलाई सुधारेर जनताकहाँ जाने लायकको पार्टी निर्माण गर्न वातावरण बनोस भनेर राजिनामा दिएको शर्माले नयाँ विश्वलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung