बागलुङ । फागुन २१ गते भएको प्रतिनीधि सभा सदस्य निर्वाचनको सबै मत गणना सकिदैछ । समानुपातिक तर्फबाट सांसद बन्न खुट्टा उचालेर बसेकाहरुले बुझ्नु पर्छ यो व्यवस्था कसरी शुरु भयो रु समानुपातिकतर्फ कस्तो व्यवस्था छ ? कसले लडेर ल्याएको हो ?
जनयुद्धलाई गलत मात्रै भनेर प्रचार गरिरहेकाहरु हो, सुन नेपालमा गणतन्त्र ल्याएको, नयाँ संविधान लेखेको र यो समानुपातिक समावेशीको व्यवस्था गरेको त्यहि माओवादी आन्दोलनले हो । तत्कालिन माओवादीकै मुद्दामा आज देश हिंडेको छ, भलै चुनाव जितेर सत्ता चलाउन अरुहरु नै पुगेकारपुग्दै छन् ।
नेपालमा कसले लडेर समानुपातिक समावेशी लागु भएको हो त रु नेपाली समाज कस्तो थियो रु समानुपातिक समावेशी पींधका उत्पीडित जनताको लागि ल्याइएको हो या कथित तरमाराहरुको लागि रु समानुपातिक निर्वाचन प्रणाली के हो रु नेपालमा कसरी शुरु भयो रु तत्कालीन नेकपा (माओवादी)ले नेपालमा कसरी समानुपातिक प्रणाली लागु गराउन आन्दोलन गर्यो ?
आउनुहोस संसदमा प्रतिनिधित्वबारे सामान्य छलफल गरौं ।
के तंपाईलाई थाहा छ २०५६ सालको आम निर्वाचनमा २०५ जना निर्वाचित सांसद मध्ये कति जना दलित समुदायका थिए । उत्तर सिधा छ, शुन्य । जनजाती र मधेसी नी रु एकाधमात्रै !अरु लोपोन्मुख जातजातीको अवस्था शुन्य नै थियो ।
अनि आधा आकाश ढाकेका महिला भने जम्मा १२ जना ९५५० मात्रै सांसद बनेर सिंहदरबार छिरेका थिए । त्यसघिको केही तथ्याङ्क हेरौं, २०१५ सालको पहिलो चुनावमा १ महिला, २०३८ को निर्वाचनमा २ महिला, २०४३ मा भएको चुनावमा ८ महिला, २०४८ को चुनावमा ६ महिला र २०५१ मा ७ जना मात्रै महिला विजयी बनेका थिए ।
पहाडिया खस आर्य पुरुषहरुको मात्रै राज्यसत्तामा हाली मुहाली चलेको थियो । बहुसंख्यक नेपालीलाई सत्ताले किनारामा धकेलेको थियो । जनतामा भित्र भित्रै आक्रोशको आगो दन्केको थियो । जनताले अधिकारको लागि आवाज उठाउने अगुवा खोजेका थिए । त्यो विचमा जनतालाई आवाज र अधिकार दिलाउन आइपुग्यो तत्कालीन नेकपा (माओवादी) ।
तत्कालीन नेकपा (माओवादी)ले उठाएका धेरै माग मध्य मुख्य मुद्दा थियो, राज्यका हरेक निकायमा जनसंख्याको आधारमा समावेशी हुनुपर्ने । सबै जनताले राज्य मेरो पनि हो भनेर भन्न आफ्नो प्रतिनीधि सत्तामा देख्न चाहान्थे । २०५२ सालबाट नेपालमा जनयुद्ध शुरु भएपछि यो लगायत जनताका मुद्दाहरु गाउँ हुदै सहर पसे । जनतालाई माओवादीले आफ्ना मुद्दा बुझाउँदै एकढिक्का बनायो।
छोंटो अवधिमा जनयुद्ध देशब्यापी बन्यो । १७ हजार जनताको बलिदानी भयो । देशमा २४० वर्षे राजतन्त्र ढलेर जनताले शासन गर्ने गणतन्त्र त्यही माओवादी जनयुद्धले ल्यायो । शासनसत्तादेखि लिएर हरेक निकायमा सबै जातजातीको उचित समावेश हुनुपर्ने चर्को आवाज त्यहि जनयुद्धले दियो । अर्वौ रुपैयाँ खर्च गर्दा पनि नमिल्ने चेतना त्यो जनयुद्धले जनतालाई दियो । त्यो बेला सहरमा महिला, जनजाती, मधेसी, दलित लगायतले समावेशीको लागि भनेर फाट्टफुट्ट आन्दोलनहरु पनि गरेका थिए ।
२०६३ सालको जनआन्दोलन पछि बनेको अन्तरिम संसदमा विद्रोहबाट आएको माओवादीले ७२ जनामध्ये आधा जति महिला, ११ जना दलित र सबै जातजातीलाई संसदमा पठायो । अन्तरिम संविधानमा राज्यका हरेक निकायमा सबै जातजातीलाई समावेश गर्ने भनियो । २०७२ मा जारी नेपालको संविधानमा ३३५ महिला, १३ ५ दलित, २८५ आदीबासी जनजाती, १५ ५ मधेसी, ४५ मुस्लिमलाई समावेश गर्ने भनेर लेखियो ।
माओवादीले त पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न भनेर माग गर्यो तर, कांग्रेस एमाले तयार नभएपछि मिश्रित निर्वाचन प्रणाली शुरु भयो । जम्मा २७५ सदस्सीय संसदमा १६५ प्रत्यक्ष जनताबाट चुनिन्छन् भने ११० जना समानुपातिक प्रणालीबाट । यसमा महिला, जनजाती, खस आर्य, दलित, मधेसी भनेर कलष्टर छुट्टाइएको छ ।
त्यसैले २०६४ पछिका हरेक निर्वाचनबाट विजयी भएर जाने सांसदहरु सबै जातजाती, भाषा,धर्म, क्षेत्रका हुन्छन् । अहिले लाग्छ सिंगो नेपाल संसदमा देखिन्छ । तर, यो पूर्ण हैन । जनसंख्याको आधारमा सबै जातजाती संसद सहित राज्यका हरेक निकायमा पुग्नैपर्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने अहिलेको जस्तो भद्दा र अति खर्चिलो निर्वाचन हट्नेछ ।
राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्द सुचीमा सबै कलष्टर मिलाएर जसरी सुची पेश गरेका छन् । यो भन्दा अघि आफ्नो समुदायप्रति कुनै भुमिका ननिभाएका कथित सेलिब्रेटीहरु पनि आरक्षण खोज्दै समानुपातिक सुचीमा छन र अब यही व्यवस्थाबाट केही दिनमा सांसद चुनिएर माननीय हुनेछन् ।
यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै ५०५ मत समानुपातिकतर्फ जितेको छ । अब त्यहि पार्टीका धेरै उम्मेदवार समानुपातिकतर्फ चुनिने छन् । आजको दिनमा जनयुद्धको धेरै विरोध गर्ने कार्यकर्ता बढी रास्वपाकै छन् । र, त्यो जनयुद्धले ल्याएको समानुपातिक समावेशी व्यवस्थामा रजगज अब रास्वपाले गर्नेछ । त्यसैले इतिहास र आन्दोलनलाई सक्छौ सम्मान गर तर, अपमान नगर ।!
समानुपातिक तर्फबाट सांसद चुनिदै गरेका र राजनीतिमा चासो राख्ने सबैले नेपालमा समानुपातिक निर्वाचन प्रणाली कसरी शुरु भयो रु र कसले मुद्दा उठाएकाले गर्दा यो संस्थागत भयो भन्ने जान्नै पर्छ । यदी नेपालमा तत्कालीन माओवादीले जनयुद्ध नगर्दो हो त यो व्यवस्था नेपालमा संस्थागत हुने पनि थिएन । त्यसैले आउनु होस् सत्य तथ्य बुझौं, तत्कालीन मओवादीले शुरु गरेको जनयुद्ध, त्यसको मुल नेता प्रचण्ड र सबै सहिदहरुलाई सलाम गरौं ।













































































































































































































