बागलुङ। ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले बैंकको वाषिक कार्यक्रमअन्तर्गत दुई दिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२र८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचनपछिको सकरात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सृजना हुन सक्ने आर्थिक चुनौतीसमेतको विश्लेषण गरेको छ।
बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपुर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको हो। साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।













































































































































































































