२ श्रावण २०८३, शनिबार

 

विज्ञान हाजिरी जवाफ प्रतियोगितामा अमर आदर्श मावि प्रथम, विद्यामन्दिर मावि दोस्रो र चिल्ड्रेन लाइफ स्कुल तृतीय

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको आयोजना गरेका तेस्रो विज्ञान हाजिरी जवाफ प्रतियोगितामा अमर आदर्श आवासीय मावि प्रथम भएको छ भने विद्यामन्दिर मावि दोस्रो र चिल्ड्रेन लाइफ इङगलिस बोडिङ स्कुल तृतीय भएका छन् ।

विहिबार सम्पन्न उक्त प्रतियोगितमा प्रथम हुनेले दश हजार नगद, ट्रफि र प्रमाणपत्र, दोस्रो हुनेले सात हजार पाँच सय नगद, ट्रफि र प्रमाणपत्र र तृतीय पाँच हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको र आठ वटा टिमले भाग लिएको हाजिरी जवाफ प्रतियोगिताका संयोजक उपप्राध्यापक लखन थापाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा र क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम धवलागिरि बहुमुखी क्याम्पसका विज्ञान कार्यक्रम संयोजक उपप्राध्यापक यदुनाथ पौडेलको अध्यक्षता तथा शिक्षक दल थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung