४ श्रावण २०८३, सोमबार

 

गगनलाई ३० बढी नेताको सुझाव– राजीनामा समाधान होईन

बागलुङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

गत फागुण २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरेपछि थापाले राजीनामा दिने मनस्थितिमा पुगेका थिए।

शनिबार सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूको टोलिले सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।

राजीनामा समाधान हैन, मुलुक, संविधान र पार्टीमाथि उत्पन्न चुनौतीको सामुहिक सामना गर्नका लागि सचेत नेतृत्वको थप आवश्यकता भएको भेटमा नेताहरुले आग्रह गरेका छन् ।

थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, प्रमोद गुरागाईं, प्रदीप शर्मा, अजयबाबु शिवाकोटी, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका थिए ।उनले केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung