४ श्रावण २०८३, सोमबार

 

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद (सूची)

बागलुङ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदहरूको नाम शनिबार टुंग्याएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टी पाचौँ ठूलो दल बन्न सफल भएको थियो ।

यस पार्टीले आदिवासी महिलामा मन्दिरा मोक्तान, दलित महिलामा राधिका रम्तेल, खसआर्य महिलातर्फ अम्बिका संग्रौला र आदिवासी जनजाती पुरुषमा पूर्ण लिम्बुको नाम समानुपातिक सांसदका लागि नाम निर्वाचन आयोगका लागि सिफारिस गरेको हो।

साथै प्रत्यक्षतर्फ सुनसरी–१ बाट पार्टीका अध्यक्ष हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राईसहित चार सिट जितेको थियो ।

श्रम संस्कृतिले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung