बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम नाम टुङ्गो लगाइएको छ ।
खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।
रास्वपाले पठाएको नामावली निर्वाचन आयोगले रुजु गरेर सदर गरेपछि मात्रै नाम सार्वजनिक हुने छ ।













































































































































































































