बागलुङ । नेपाली कांग्रेसको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसिरहेको हो ।
प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो ।
बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम छनोट गरी निर्वाचन आयोगलाई पठाउने निर्णय गर्न लागेको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक खराब मौसमका कारण एक घण्टा ढिला गरी सुरु भएको हो ।
गत फागुण २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ ।













































































































































































































