४ श्रावण २०८३, सोमबार

 

नेकपाले टुंग्यायो ९ जना समानुपातिक सांसदको नाम, माधव नेपाल पक्षबाट दुई जना

बागलुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले टुंग्याएको समानुपातिक सांसदमा सहसंयोजक माधवकुमार नेपाल पक्षका नेताहरु प्रमेश हमाल र गणेश विश्वकर्मा परेका छन् । तर स्वंय नेपाल भने निर्वाचित हुन सकेनन् उनी रौतहट–१ मा उनी चौथो स्थानमा सीमित भएका थिए ।

निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् ।नेकपाले प्रत्यक्षतर्फ भने ८ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung