बागलुङ । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
आइतबार नेपाली कांग्रेसको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नाम सिफारिस गरेको हो ।
जसमध्ये ५ पुरुष र १५ महिलाको नाम परेको छ । आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको थियो ।
सिफारिस भएका नामहरु
खसआर्य कोटाबाट
१ सुशीला ढकाल २ रुक्मिणीदेवी कोइराला ३ रीना उप्रेती, ४ सीता थपलिया ५ काली बहादुर सहकारी ६ अर्जुननरसिंह केसी
आदिवासी जनजाति कोटाबाट
७ गीताकुमारी सेन्दाङ ८ गंगालक्ष्मी अवाल ९ गीता गुरुङ १० रेनुका काउचा ११ मदन कृष्ण श्रेष्ठ १२ भीष्मराज आङ्देम्बे
मधेसी कोटाबाट
१३ निनुकुमारी कर्ण १४ रेखाकुमारी यादव १५ चन्द्रमोहन यादव
दलित कोटाबाट १६ हरिनादेवी कामी १७ पवित्रा विक १८ मन माया विक
थारू कोटाबाट
१९ प्रमिलाकुमारी गच्छदार
मुस्लिम कोटाबाट
२० शाहजान खातुन रहेका छन् ।













































































































































































































