४ श्रावण २०८३, सोमबार

 

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट विद्यार्थी सम्मानित

बागलुङ । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो।

नगर तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार नगद र खेलकुद पोशाक प्रदान गरिएको थियो।

साथै विजयी विद्यार्थीलाई छात्रवृत्ति समेत घोषणा गरिएको थियो ।साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै आठौँ बागलुङ महोत्सवअन्तर्गत आयोजित कथावाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने विद्यार्थी र गण्डकी प्रदेशस्तरीय हिसान कप फुटसल प्रतियोगितामा कास्कीबाट उपाधि जित्ने खेलाडीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, प्रिन्सिपल नवराज श्रेष्ठको स्वागत मन्तव्य तथा शिक्षक नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung