बागलुङ । सांग्रिला विकास बैंक बागलुङ शाखाले ग्लोबल मनि विक २०२६ को उपलक्ष्यमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
सांग्रिला विकास बैंक बागलुङ शाखाका प्रबन्धक श्रीजय श्रेष्ठले बचत, बचतको महत्व, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी दिनु भएको थियो । साक्षरता कार्यक्रममा कक्षा १० का ५५ जना विद्याथीको सहभागिता रहेको थियो ।
ग्लोबल मनि विकको अवसरमा बागलुङको विभिन्न विद्यालय र क्याम्पसमा थप वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने सांग्रिला विकास बैंक बागलुङ शाखाका प्रबन्धक श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
सांग्रिला विकास बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ ।














































































































































































































