बागलुङ । नेकपा एमालेबाट बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्नुभएकी एमालेका केन्द्रिय सदस्य मञ्जु शर्मा चालिसेले जिल्ला निर्वाचन कार्यालय बागलुङमा निर्वाचन खर्च बुझाएकी छिन् ।
निर्वाचन कार्यालयमा पेश गरेको विवरण अनुसार उहाँको चुनाव खर्च १६ लाख ४३ हजार भएको उल्लेख गरिएको छ ।
शर्माले सबैभन्दा धेरै बुथ खर्च भएको विवरण पेश गर्नु भएको छ । जस अनुसार बुथ खर्च ५ लाख ७० हजार खर्च गर्नुभएको छ भने यातायात खर्च ३५ दिनको ४ लाख, र्याली तथा कोण सभामा २ लाख ५० हजार, कार्यालय व्यवस्थापन र मतदाता नामावली व्यवस्थापन खर्च १ लाख ६८ हजार खर्च भएको छ ।
त्यस्तै आवास तथा खानामा १ लाख, प्रेस तथा छपाईमा १ लाख, झण्डा ब्यानर प्रिन्टमा ५० हजार, उम्मेदवारी दर्तामा ५ हजार गरी १६ लाख ४३ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेश गरेकी छिन् ।














































































































































































































