बागलुङ। नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामाको विषयमा शुक्रबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने भएको छ ।
उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् तर राजीनामा सार्वजनिक गरिएको छैन ।
थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकको अध्यक्षता नेता थापाले गर्ने छैनन् उक्त बैठकको उपसभापति शर्माले अध्यक्षता गर्ने तय भएको छ।
बैठकको मुख्य कार्यसूची सभापति थापाको राजीनामा र गत फागुण २१ गते भएको निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा हुनेछ। भोलिको बैठकमा थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै पेस गर्ने तयारी रहेको स्रोतले बतायो ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए ।













































































































































































































