बागलुङ । बागलुङ बजारमा नक्कली नोटको बिगबिगी देखिएको छ । बागलुङ बजारका बैंकमा जम्मा गर्न गएका एउटै नम्बरको एक हजारका नोट फेला परेका छन् ।
एक दर्जन भन्दा बढी एक हजारका झ ७९१६९०३३ नम्बरको नोट फेला परेपछि नगद कारोबारमा सचेत रहन आग्रह गरिएको छ ।
बागलुङका विभिन्न बैंङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्डी भित्र एक हजारको एउटै नम्बरको एक भन्दा बढी नोट फेला परेपछि नक्कली नोट फेला परेको तथ्य बाहिर आएको हो ।
नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुवँरका अनुसार बागलुङमा रहेका नेपाल बैंक, प्रभु बैक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैक लगायतका बैंकमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको जानकारी आएको छ ।
नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह फरक पाइएको र नम्बरनै एउटै पाइएको छ ।
भीडभाडको मौका छोपी नक्कली नोटको कारोबार हुन सक्ने भएकाले सचेत अपनाउन बागलुङ उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै सचेत बनाएको छ ।













































































































































































































