बागलुङ । जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा पक्राउ गरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ ।
उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ जुन विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।
ओलीलाई शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरि मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्याइएको हो।
ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ । साथै नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसअनुसार ओली र लेखकलाई पक्राउ परेका हुन् । ओली र लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ ।
ओली पक्राउ परेको घटनाबारे छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ ।













































































































































































































