बागलुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
ओली पक्राउपछि शनिबार बिहान बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेका हो ।
विरोधको कार्यक्रमहरुमा प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।
बैठकले ओली पक्राउ गर्ने सरकारको निर्णय विरुद्ध लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग, नागरिक समाज र आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।













































































































































































































