बागलुङ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नु भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो।
खड्कामाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उनको घरमा रकम भेटिएको थियो ।
२०७९ सालमा संखुवासभाबाट खड्का प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
उहाँलाई २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको थियो ।














































































































































































































