बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाई गर्न माग विरोधपत्र बुझाइएको छ।
एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज मना के सी र एमाले जिल्ला सचिव गणेश थापाको नेतृत्व गएको टोलीले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ज्ञापन पत्र बुझाएको छ ।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा सरकारले शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई घरबाटै गिरफ्तार गरेको थियो ।
नेकपा एमाले बागलुङले चार बुँदे माग राख्दै प्रजिअ आचार्यलाई ज्ञापन पत्र बुझाएको हो ।
साथै मागहरुमा गौरी बहादुर कार्कीे नेतृत्वमा रहेको आयोगको प्रतिवेदन तत्काल खारेज गरी निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन आयोग गठन गर्नु पर्ने,सर्वोच्च अदालतका बहालवाला न्यायाधीशबाट अनुसन्धान गर्नु पर्ने,प्रतिशोधपूर्ण ढंगबाट गरिएको गिरफ्तारी तत्काल फिर्ता लिनुपर्ने ।
अध्यक्ष ओली तथा पुर्व गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहा गर्नु पर्ने र घटनाको निष्पक्ष, पारदर्शी र व्यापक छानबिन सुनिश्चित गर्नु पर्ने उल्लेख छन् ।















































































































































































































