बागलुङ । सरकारले तयारी कक्षा र ब्रिज कोर्स हटाउने निर्णयबाट पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् ।
एमबीबीएस, इन्जिनियरिङ पढ्नेको कानुन बमोजिम गरिने भएको छ ।
आइतबार एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्स हटाउने मन्त्रीस्तरीयले निर्णय गरेका थिए ।
तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।
१० कक्षा भन्दा माथिको तयारी कक्षा भने सञ्चालन गर्न पाउने पोखरेलले बताउनुभयो ।













































































































































































































