३ श्रावण २०८३, आईतवार

 

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै सामाजिक संजालमा भिडिओहरू सार्वजनिक भएको थियो।

देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung