बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेको मन्त्रिपरिषद् पुनर्गठनमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्।
कुँवरले बुधबार विज्ञप्ती प्रकाशित गरेर नेपाली कांग्रेस केन्द्रीय कार्यालय र नेपाली कांग्रेस गण्डकीको संसदीय दलको नेतालाई बोर्धाथ पठाएका छन् । गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्।
कुँवरले राजीनामा पत्रमा आफूलाई निर्वाचित गराउन मत दिएका मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्नुका साथै जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।














































































































































































































