३ श्रावण २०८३, आईतवार

 

पोखरामा ग्रीन डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा बुहारी सशक्तीकरण समाज, कास्कीलाई लक्षित गरी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

कार्यक्रम पोखरा सेन्ट्रल ओएसिस, तेस्रापाटी रोड, पोखरास्थित सेन्ट्रलमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बुहारी सशक्तीकरण समाज, कास्कीका विभिन्न वडाबाट आएका बुहारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जहाँ कुल ५० जना सहभागीहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख सहजकर्ता तथा प्रशिक्षक बैङ्कका क्षत्रिय प्रबन्धक हरि अधिकारी रहनुभएको थियो भने छोरेपाटन शाखाका शाख प्रमूख जगन्नाथ लामिछानेको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई आधुनिक बैंकिङ प्रणाली, बचतको महत्त्व, ऋण व्यवस्थापन, लगानीका आधारभूत सिद्धान्तहरू तथा डिजिटल बैंकिङ सेवाहरूको प्रयोगबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

सहभागीहरूले विशेषगरी आधुनिक बैंकिङ सेवा, ऋण प्रक्रिया, ब्याजदर, बचतका प्रकार तथा डिजिटल कारोबारको सुरक्षासम्बन्धी विषयमा खुलेर जिज्ञासा राखेका थिए।

अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

यस कार्यक्रमले विशेषगरी महिलाहरूमा वित्तीय पहुँच विस्तार, आत्मनिर्भरता वृद्धि तथा सही वित्तीय निर्णय लिन प्रेरणा दिने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत सफल भएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung