बागलुङ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले मंसिरमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय पनि गरेको छ ।
साथै असारदेखि साउनसम्म सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन गर्ने, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।













































































































































































































