३ श्रावण २०८३, आईतवार

 

निसीखोलाका १७१ योजनामा १२४ कार्यान्वयनमा

बागलुङ। बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १७१ योजनामा १२४ योजना कार्यान्वयनको अन्तिम चरणमा पु-याइएको छ ।

आर्थिक वर्ष २०८२/०८३ का लागि निसीखोला गाउँपालिकामा बजेट अनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकास तर्फका योजना रहेकोमा अहिले सम्म १२४ योजना सम्झौता भएर कार्यान्वयनमा गएको र अहिले सम्म ४७ योजना सम्पन्न भइसकेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिनुभयो ।

प्रतिनिधिसभासदस्य निर्वाचनका कारण योजना कार्यान्वयनमा भएको ढिलाईलाई मध्यनजर गर्दै विकास निर्माणका १७१ योजना मध्ये १२४ भन्दा बढी योजना कार्यान्वयनमा गएको हो । माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत लागेयता विकास निर्माणले तिब्रता पाएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधकिृत जिवन पुन मगरले जानकारी दिनुभयो ।

“अहिले धमाधम काम भइरहेको छ, वडागत रुपमा समेत विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् ।

निसीखोला गाउँपालिकाले सिमित योजनामा अधिकतम प्रगति हासिल गरेको छ” मगरले भन्नुभयो “गाउँपालिकाको प्रशासनीक भवन अपुग भएकाले एक तला ट्रस्टको छानो सहित थपेर सेवालाई थप चुस्त बनाउछौं, गाउँपालिकाले ठूला ठेक्का पाँच वटा सडक स्तरोन्नती गरिरहेको छ, सेवा प्रवाहलाई चुसत बनाउदै बेरुजु घटाउदै लगेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको टिमवर्क र जनप्रतिनिधिको सकरात्मक सल्लाहका कारण बेरुजु घटाउदै लगेको जानकारी दिनुभयो । सात वटा वडामा चारदेखि १५ वटा योजना फरफारक भइसकेको बताउनुभयो ।

उहाँका अनुसार वडागत रूपमा विकासका योजना उल्लेखनीय रूपमा अगाडि जनाकारी दिनुभयो । वडा नं. ६ मा दुई वटा योजना सम्पन्न भएका छन् भने वडा नं. ७ मा १५ वटा योजना फरफारक भइसकेका छन् । पालिका स्तरका दुई ठुला योजना बाहेक अधिकांश योजना वडाको आवश्यकताअनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुन मगरको भनाइ छ ।

गाउँपालिकाले समयमै योजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ७ करोड बेरुजु रकम घटाएको मगरले जानकारी दिनुभयो ।

“गत वर्ष सात करोड बेरुजु घटाइयो, चालु आर्थिक वर्षमा एक करोड १० लाख बेरुजु घटाइसकिएको छ, कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादनका आधारमा बेरुजु घटाउन सहयोग मिलेको छ” प्रमुख प्रशासकीय अधिकृत पुन मगरले भन्नुभयो “बिलभरपाईको पुनमुल्याङ्कन, समस्या परेका योजनाको अनुगमन गर्दा बेरुजु घटाउन सहयोग पुग्छ, अहिले बेरुजु बढ्न नदिने हाम्रो नीति छ ।”

गाउँपालिकाले विकास योजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागत स्टिमेटअनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताउनुभयो ।

गाउँपालिकाको एक तला भवन थप्नका लागि रु। ५० लाख बिनियोजन गरिएको उहाँको भनाई छ । यस्तै रिग ताल संरक्षणका लागि गाउँपालिकाले रु। ५० लाख बिनियोजन गरिएको छ ।
यप

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung