३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार महासंघको उपाध्यक्षमा जनक राज पराजुली

बागलुङ । नेपाल उद्योग व्यापार महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले खुल्ला उपाध्यक्षमा जनक राज पराजुलीलाई चयन गरेको छ ।

आइतबार नवलपुर, गैडाकोटको नारायणी रिसोर्टमा सम्पन्न अधिवेशनले पराजुलीलाई सर्वसम्मत उपाध्यक्षमा चयन गरेको हो ।

पराजुली नेपाल उद्योग व्यापार महासंघ गण्डकीको निर्वतमान अध्यक्ष समेत हुन् ।

समितिको निर्वतमान अध्यक्षमा खिम लाल भण्डारी, वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी माधव, एशोसिएटस उपाध्यक्षमा दिपेन्द्र विष्ट, खुल्ला उपाध्यक्षहरुमा उपेन्द्र चौधरी, राम सुन्दर बके, प्रकाश पाण्डे, महिला उपाध्यक्षमा कल्पना शर्मा रहेका छन् ।

साथै महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशिक कार्की, उपमहासचिवमा कुमार थापा, सचिवहरुमा चेतबहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी, केदारनाथ अधिकारी, सहकोषाध्यक्षमा नेत्र प्रसाद आचार्य, संस्थापक सदस्यहरु दशरथ चन्द, प्रेमबहादुर घर्ती, हुमनाथ पौडेल, गोपाल प्रसाद अधिकारी, लोकनाथ पन्थी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung