३ श्रावण २०८३, आईतवार

 

राष्ट्रिय जनमोर्चा बागलुङ नगर समिति र काठेखोला गाउँ समितिको संयुक्त बैठक सम्पन्न

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगर समिति र काठेखोला गाउँसमितिको संयुक्त बैठक शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

गत फागुण २१ गते सम्पन्न निर्वाचनको समीक्षा र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले तय गरेका कार्यक्रमहरु सम्पन्न गर्न उक्त बैठक आयोजना गरिएको थियो ।

बैठकमा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, कार्यसमिति सदस्य अधिवक्ता लक्ष्मी बाँस्कोटा र केन्द्रीय सल्लाहकार अमरबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा दुवै पालिकाका सबै वडा अध्यक्षहरुले रिपोटिङ गरेका थिए ।

बैठक राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य लक्ष्मण पुनको अध्यक्षता, सल्लाहकार धुन्धिराज शर्माको स्वागत र जिल्ला सदस्य थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung