बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को सोमबार प्रकाशित नतिजामा न्यू ओएसिस एकेडेमीका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले एसईईको नतिजा अब्बल आएको न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपानेले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ५६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।परीक्षा दिएका मध्ये ९ जनाले विद्यार्थीले ३.६१ -४.०० जिपिए, ३४ जना विद्यार्थीले ३.२१ -३.६० र १३ जना विद्यार्थीले २.८१ -३.२० जिपिए ल्याएका छन् ।
न्यू ओएसिस एकेडेमीमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ । विद्यालयले विभिन्न सेवा र सुविधा सहित कक्षा ११ को होटल म्यानेजमेन्ट एण्ड टुरिज्म संकायमा भर्ना खोलेको छ ।













































































































































































































