३ श्रावण २०८३, आईतवार

 

एसईईमा चिल्ड्रेन लाइफका तीन विद्यार्थीले ल्याए चार जिपिए

बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को सोमबार प्रकाशित नतिजामा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयका विद्यार्थीहरु अंकित शर्मा, पल्पसा आचार्य र आयुश गिरीले चार जिपिए ल्याएर  छन् ।

यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले एसईईको नतिजा अब्बल आएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँविश्वलाई जानकारी दिनु भयो ।

परीक्षामा ७९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षा दिएका मध्ये ६२ जनाले विद्यार्थीले ३.६० जिपिए र १७ जना विद्यार्थीले ३.२०-३.६० जिपिए ल्याएका छन् ।

यस विद्यालयमा नमुना अभ्यास, सृजनात्मक र प्रयोगात्मक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

विद्यालयले विभिन्न सेवा र सुविधा सहित कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा भर्ना खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung