बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको फ्युचर ब्राइटर बोर्डिङ स्कुलका प्रिन्सिपल वालकृष्ण शर्माले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
दुई जना विद्यार्थी ३.८६-३.८३ जिपिए, १० जना विद्यार्थीले ३.७७- ३.५५ जिपिए, ३ जना विद्यार्थीले ३.७७- ३.७४, १० जना विद्यार्थीले ३.६५-३.५१, १६ जना विद्यार्थीले ३.४९ -२.९९जिपिए ल्याएका छन् ।
यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।













































































































































































































